PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गठबन्धन दलहरुको बैठक अघि प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबिच छलफल



पहिलोपोस्ट

गठबन्धन दलहरुको बैठक अघि प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबिच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो।

प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा उनीहरुबिच महत्वपूर्ण छलफल भएको बताए।

आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उनीहरुबिच भेट भएको हो।

छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell