PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्लोरमा दिपेन्द्रको 'नांगो गाउँ', रोमान्टिक मुडमा देखिए कार्म र साम्राज्ञी



पहिलोपोस्ट

फ्लोरमा दिपेन्द्रको 'नांगो गाउँ', रोमान्टिक मुडमा देखिए कार्म र साम्राज्ञी

काठमाडौं : दिपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ को छायाङ्कन काभ्रेको बेथानचोक गाउँपालिकामा भइरहेको छ। चैत्र १० गतेबाट फ्लोरमा गएको सुटिङ ३५ दिनसम्म चल्नेछ।

आलोक शुक्लाले खिचिरहेको फिल्मको छायाङ्कन सेटबाट केही केही तस्विरहरु बाहिरिएका छन। सार्वजनिक तस्विरहरुमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त देखिन्छन। साथै तस्विरमा कार्म र साम्राज्ञी रोमान्टिक देखिएका छन्।

तर, मुख्य भूमिकामा रहेकी मिरुना मगरको भने दृश्य छायाङ्कन नभइसकेको निर्देशक लामाले जानकारी दिए। यस फिल्ममा वुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको समेत अभिनय छ।

मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण रहेको फिल्ममा हिमाल शर्माको लगानी छ।

निर्देशकीय हिसाबले लामाको यो पाँचौ फिल्म हो। उनले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ र ‘२ नम्बरी’ निर्देशक गरिसकेका छन्। ‘२ नम्बरी’ यो वर्षको सुपरहिट नेपाली फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell