विराटनगर: कोसी प्रदेशको नामकरणलाई लिएर विराटनगरमा आज पनि प्रदर्शन भएको छ।
प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ। नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज दिउँसो प्रदेश कार्यालय अगाडि प्रदर्शन गरेको हो।
प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन केही अश्रु ग्यास समेत प्रहार गरेको छ।
प्रर्दशनकै क्रममा चैत ५ गते घाइते भएका पदम लिम्बुको चैत १० गते उपचारको क्रममा मृत्यु भएको थियो। गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा घटनाको छानविन गर्न समिति गठन गरेको छ।