PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

शिव श्रेष्ठ अब पडकास्टमा : जीवनका सुखदु:ख सुनाउने



पहिलोपोस्ट

शिव श्रेष्ठ अब पडकास्टमा : जीवनका सुखदु:ख सुनाउने

काठमाडौं : कलाकार शिव श्रेष्ठले पडकास्ट चलाउने घोषणा गरेका छन्। युट्यबमा एक टिजर सार्वजनिक गर्दै उनले ‘शिव दाइ पोडकास्ट’ चलाउन लागेको जानकारी दिएका हुन्।

सार्वजनिक टिजरमा भावुक हुँदै शिवले आफू दर्शकबिना केही नभएको बताएका छन्। ‘तपाईहरुलाई नसुनाएर कसलाई सुनाउने? यो ठाउँमा ल्याउने को हो? तपाईहरु नै हो। जसरी मैले कलाकारितामा जन्म लिएँ। मलाई कलाकार बनाउने तपाईहरु नै हो। तपाईले मलाई शिव श्रेष्ठ नाम त दिनुभयो। मेरो जीवनमा केके उचारचडाव भयो त्यो सबै भन्न चाहन्छु,’ उनले भनेका छन्।

टिजरमा शिवले अभिनय गरेका फिल्मका पोस्टर समावेश गरिएको छ। ट्रि–मिडिया नामक संस्थासँग मिलेर गर्न लागेको कार्यक्रममा शिवले चार दशक लामो अनुभवलाई सुनाउनेछन्।

केही समयअघि अभिनेता निखिल उप्रेतीले पनि जीवन जिउने कला सिकाउने बारेमा पडकास्ट चलाउने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell