PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

उपेन्द्र सुब्बाको ‘जारी’ अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन हुने



पहिलोपोस्ट

उपेन्द्र सुब्बाको ‘जारी’ अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन हुने

काठमाडौं: आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने ‘जारी’को अन्तर्राष्ट्रिय बजारमासमेत रिलिज हुने भएको छ। अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा रिलिज हुने पक्का भइसकेको निर्माण कम्पनी बाँसुरी फिल्म्सले जनाएको छ।

नेपाली फिल्मको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्वपूर्ण उपलब्धि भएको निर्माता रामबाबु गुरुङले बताए। उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो साता सिनेमा रिलिज हुनेछ। क्यानाडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुने पक्का भइसकेको छ।

त्यसैगरि, निर्देशक तथा उपेन्द्र सुब्बासहित कलाकारहरु दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुनेछन। अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए।

फिल्ममा दयाहाङ, मिरुना र विजयसहित, प्रेम सुब्बा, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell