
काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। मन्त्रिपरिषद् बिस्तारका बारेमा छलफल गर्न बैठक सुरु भएको हो। 'बैठक भर्खरै सुरु भएको हो,' प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको सोमवारको छलफलपछि मंगलवारका लागि बैठक बोलाइएको थियो। प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिएलगतै मन्त्रिपरिषद बिस्तारको तयारी गरे पनि गठबन्धनको किचलो नमिल्दा प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छैन।
१६ मन्त्रालयको जिम्मेवारीमा प्रचण्ड आफैं छन्। आजै एकीकृत समाजवादीको सचिवालयको बैठकले ३ मन्त्रालयमा दाबी गर्ने निर्णय गरेको थियो।