PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै हेटौंडा उपमहानगर



पहिलोपोस्ट

फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै हेटौंडा उपमहानगर

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले फुटबल खेलाडी उत्पादनको लक्ष्यसहित एकेडेमी सञ्चालन गर्ने भएको छ। खेलाडी उत्पादनकका रूपमा रहेको हेटौंडाबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित खेलकुद विकास र प्रवर्द्धनमा उपमहानगरपालिकाले प्राथमिकता राख्दै काम अघि बढाएको छ।

हेटौंडा उपमहानगरपालिका फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधि–२०७९ स्वीकृत गरेको छ। कार्यविधि स्वीकृतिसँगै नगरबाट खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालनको बाटो खुलेको छ। कार्यविधि स्वीकृत भएसँगै उपमहानगरपालिकामा आवासीय सुविधासहित खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको छ। 

फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने कार्यविधि स्वीकृत भएको र मकवानपुर फुटवल संघसँग भने औपचारिक सम्झौता गर्ने प्रकृयामै रहेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए।  प्रवक्ता न्यौपानेका अनुसार जिल्ला फुटबल संघसँग सम्झौता हुने बित्तिकै काम अगाडि बढाउने उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का ७५ लाख बजेट छुट्याएको समेत जनाए।

कार्यविधिअनुसार उपमहानगरको १९ वटै वडामा रहेका १२ देखि १४ वर्ष उमेर समूहका महिला तथा पुरुष खेलाडी छनोट गरी एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ। उपमहानगर क्षेत्रका हरेक वडाबाट १/१ जना महिला तथा पुरुष र यसै क्षेत्रका अब्बल खेलाडीसहित ४५ जनालाई बन्द प्रशिक्षणमा राखेर नियमित प्रशिक्षण, आवास, खानपान, शिक्षा र स्वास्थ्योपचार सुविधासहित एकेडेमी सञ्चालन गरिने उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए। एकेडेमीमा नगरका ४५ महिला तथा पुरुष खेलाडीलाई आवासीय सुविधासहित प्रशिक्षण गराउन उपमहानगरले चालु आव २०७९/०८० का लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको छ।

मकवानपुर जिल्ला फुटबल संघसंगको सहकार्यमा नगरप्रमुख मिनाकुमारी लामा संरक्षक रहेको एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन र अनुगमन समितिले एकेडेमीको कामलाई निगरानी र सुधारका लागि निर्देशन दिनेछ। फुटबलको उर्वरभूमि रहेको मकवानपुरमा सञ्चालित एकेडेमीबाट निस्किएका खेलाडीले राष्ट्रिय स्तरमा नाम कमाउने विश्वास उपमहानगरले लिएको छ। जिल्लामा हुने राष्ट्रियस्तरका दुई ठूला प्रतियोगिताका लागि स्थानीय टोलीमा बाहिरका खेलाडी समावेश गराउनुपर्ने बाध्यतालाई एकेडेमीले पूरा गर्ने उपमहानरले अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell