काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको छ। खेलको २० औ मिनेटमा तेन्जिन नोर्बूले दावा छिरिङको पासमा गोल गरेपछि भुटानले अग्रता कायम गरेपछि त्यो कायम राख्न नसक्दा नेपाल फाइनल प्रवेश गरेको हो।
त्यसअघि भुटानी कप्तान चेन्चोको २ प्रहार सफल हुन सकेको थिएन। ३७ औं मिनेटमा अनन्त तामाङको प्रहार आकाशिएको थियो पहिलो हाफको अन्त्यतिर नेपालले आक्रमण बढाए पनि गोल गर्न सकेन। दोस्रो हाफको सुरुमै अन्जन बिस्ट चोट ब्यहोर्दै बाहिरिए। ६९ औं मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहार गोल पोपोस्ट माथिबाट गएको थियो। ७७ औ मिनेटमा मनिष डॉगीको प्रहार गोल हुन सकेन। खेलको अन्तिम मिनेट बॅाकी छॅदा ठकुरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
यो सॅगै नेपालले फाइनलमा स्थान बनाउँदा भुटान बाहिरिएको छ। नेपाल र लाओस १७ गते फाइनलमा उपाधिका लागि भिड्नेछ।