PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

बुटवलको एक होटलमा प्रहरीको छापा, सुनचाँदीका गरगहना चोरी गर्ने गिरोह पक्राउ



पहिलोपोस्ट

बुटवलको एक होटलमा प्रहरीको छापा, सुनचाँदीका गरगहना चोरी गर्ने गिरोह पक्राउ

बुटवल : रुपन्देही प्रहरीले सुनचाँदीका गरगहना चोरी गर्ने घटनामा संलग्न ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाका विभिन्न स्थानमा सुनचाँदीका गरगहना चोरीमा संलग्न भएका उनीहरु बुटवल उपमहानगरपालिका-९ जितगढीस्थित कालीगण्डकी होटलबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-१९ का ३२ वर्षीय उत्तमप्रसाद यादव, वीरगंज-२० का २० वर्षीय राकेशसिंह राठौर, सोही ठाउँका २० वर्षीय सैल राय, १५ वर्षीय किशोर, पर्साको पटेर्वा सुगौरी-४ का १९ वर्षीय सन्दीप राय नट, सोही ठाउँका ३२ वर्षीय राजेश राय नट र पर्साको पाकहर गाउँपालिका-९ बस्ने ३४ वर्षीय रामबहादुर राय रहेका छन्।

उनीहरुसँगबाट प्रहरीले सुनको सिक्री ४ थान, टुटेको सिक्री २४ क्यारेट सुन ८.०६ ग्राम, सादा सिक्री २४ क्यारेट सुन ११.३७ ग्राम, लकेटसहितको सादा सिक्री २४ क्यारेट सुन ९ ग्राम, चाँदीको सिक्री थान १ ३६.७४ ग्राम, ५६ हजार नगद, विभिन्न कम्पनीका मोबाइल ८ थान र बीआर-०५एस-०३१४ नम्बरको भारतीय स्कारपियो गाडी बरामद गरेको छ।

उनीहरुलाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell