PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कीर्गिस्तानलाई हराउँदै भारत बन्यो थ्री नेशन्स कपको च्याम्पियन



पहिलोपोस्ट

कीर्गिस्तानलाई हराउँदै भारत बन्यो थ्री नेशन्स कपको च्याम्पियन
Photo: Indian Football Team

भारतीय फुटबल टोली कीर्गिस्तानलाई हराउँदै थ्री नेशन्स कपको च्याम्पियन बनेको छ। भारतको मनिपुरस्थित खुमन लाम्पक मेन स्टेडियममा सम्पन्न खेलमा कीर्गिस्तानमाथि २-० गोलको जित निकाल्दै भारत च्याम्पियन बनेको हो।

थ्री नेशन्स कपमा भारत, कीर्गिस्तान र म्यानमारको सहभागिता थियो।

खेलको ३४औँ मिनेटमा सन्देश झिन्गनको गोलमा भारतले अग्रता बनाएको थियो। त्यस्तै ८४औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान सुनिल क्षेत्रीले गोल थप्दा भारतले २-० अन्तरको जित निकाल्न सफल भयो।

भारतलाई च्याम्पियन बन्नका लागि ड्रको आवश्यकता थियो। यसअघिको खेलमा भारतले म्यानमारमाथि १-० गोलअन्तरको जित निकालेको थियो। त्यस्तै कीर्गिस्तानले म्यानमारसँग १-१ गोलको बराबरी खेलेको थियो।

३० हजार दर्शक क्षमताको स्टेडियम भरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell