PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा, तीनधाराबाट असन पुर्‍याइने



पहिलोपोस्ट

आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा, तीनधाराबाट असन पुर्‍याइने

काठमाडौं : वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:)को रथयात्रा आजबाट सुरु हुँदैछ।

आज जनबहालबाट सेतो मछिन्द्रनाथलाई विधिपूर्वक पूजा गरि खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशाला अघि ल्याइन्छ। आज तीनधारा पाठशाला अघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराएर सयौं मानिसले तानेर घण्टाघर, रत्नपार्क, भोटाहिति हुँदै असनसम्म पुर्‍याउने छन्।

आज रथ असन पुर्‍याएपछि राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ पुगेर दर्शक गर्ने कार्यतालिका छ।

बिहीवार भने रथलाई असनबाट इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ। शुक्रवार रथलाई हनुमानढोकाबाट मरु, जैसीदेवल, मजिपात हुँदै लगन पुर्‍याइन्छ। लगनमा मछिन्द्रनाथको आमाको मन्दिरमा रथलाई तीनपटक घुमाइने परम्परा छ। शुक्रवार लगन पुर्‍याइएको रथलाई शनिवार त्यही राखिनेछ। र, आइतवार रथबाट मूर्ति निकालेर खटमा राखेर पुनः जनबहालमा लगिन्छ।

 काठमाडौं महानगरपालिकाले रथ यात्रा हुने रुटको विवरण निकालेको छ। जस अनुसार रथ यात्रा हुने मार्गहरुबाट प्रवेश हुने सबै प्रकारका सवारी साधनहरुलाई निषेध गरिएको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell