PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

सेतो मच्छिन्द्रनाथको रथयात्रा : आज दिउँसो ४ बजेपछि यी स्थानमा हुनेछ सवारी अवरोध



पहिलोपोस्ट

सेतो मच्छिन्द्रनाथको रथयात्रा : आज दिउँसो ४ बजेपछि यी स्थानमा हुनेछ सवारी अवरोध

काठमाडौं : काठमाडौंको तीनधारा पाठशालाबाट आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ। रथयात्राको क्रममा काठमाडौंको तीनधारादेखि असन हुँदै चल्ने सवारीसाधन आज केही समय प्रभावित हुने भएका छन्।

रथ यात्राको रुट हुँदै चल्ने सवारी साधनका चालकलाई रथयात्रा हुने समयमा वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। आज दिउँसो ४ बजेबाट रथ यात्र सुरु हुने छ।

पहिलो दिन तीनधारा पाठशालाबाट रथ तानेर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याउने कार्यक्रम रहेको छ। ५ दिनसम्म हुने रथयात्रा अन्तर्गत बिहीवार १६ गते रथलाई असनबाट केलटोल, ईन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म लगिनेछ। शुक्रवार भने हनुमानढोकाबाट रथलाई मरु,जोशीदेग र ज्याबहाल हुँदै लगनसम्म पुर्‍याइने कार्यक्रम रहेको छ।

अन्तिम दिन लगनबाट रथलाई दलाछी, जोशीदेवल, कोहिटी, भिमसेनस्थान, मरुटोल, प्याफल, यट्खा, नरदेवी र किलागल हुँदै केलटोल पुर्‍याएर सेतो मच्छिन्द्रनाथको रथयात्रा सकिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell