काठमाडौँ: एसीसी प्रिमियर कपका लागि २१ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले देव खनाल, किशोर महतोलगायतका खेलाडी समेट्दै २१ सदस्यीय टोली घोषणा गरेको हो।
प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), कमल सिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल छन्।
नेपालमा हुने यो प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह 'बी' मा यूएई हङकङ, कुवेत, सिंगापुर र बहराइन् छन्।
सेमिफाइनलको खेल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ। बैशाख १७ गते तेस्रो स्थानका लागि खेल हुनेछ।
प्रतियोगिताका खेलहरुल बैशाख ५ गतेबाट ९ दिनसम्म लगातार दैनिक दुईवटा हुनेछन्।
प्रिमियर कपको विजेताले सोझै एसिया कपमा स्थान बनाउने छ। यस्तै, शीर्ष तीन टोलीले इमर्जिङ टीम एसिया कपमा स्थान बनाउने छ।
इमर्जिङ टीम एसिया कपमा भारत ए, पाकिस्तान ए, श्रीलंका ए, अफगानिस्तान ए र बंगलादेशको ए टोली हुनेछन्। त्यस्तै प्रिमियर कपका शीर्ष तीन टोलीले इमर्जिङ एसिया कप खेल्नेछन्।
खेलतालिका
टीयू मैदान मुलपानी मैदान
वैशाख ५ नेपाल भर्सेस मलेसिया, हङकङ भर्सेस सिंगापुर
वैशाख ६ यूएई भर्सेस कुवेत, ओमन भर्सेस कतार
वैशाख ७ सिंगापुर भर्सेस बहराइन, मलेसिया भर्सेस साउदी
वैशाख ८ नेपाल भर्सेस ओमन, यूएई भर्सेस हङकङ
वैशाख ९ कतार भर्सेस साउदी, कुवेत भर्सेस बहराइन
वैशाख १० यूएई भर्सेस सिंगापुर, ओमन भर्सेस मलेसिया
वैशाख ११ हङकङ भर्सेस बहराइन, नेपाल भर्सेस साउदी
वैशाख १२ कुवेत भर्सेस सिंगापुर, कतार भर्सेस मलेसिया
वैशाख १३ ओमन भर्सेस साउदी, यूएई भर्सेस बहराइन
वैशाख १४ नेपाल भर्सेस कतार, हङकङ भर्सेस कुवेत