PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

एशियन ट्रायथलन कप शनिबार पोखरामा हुने, कुनकुन देशबाट सहभागी हुँदैछन् खेलाडी



पहिलोपोस्ट

एशियन ट्रायथलन कप शनिबार पोखरामा हुने, कुनकुन देशबाट सहभागी हुँदैछन् खेलाडी
फाइल फोटो

काठमाडौँ: नेपाल ट्राईयाथलन संघको आयोजनामा २०२३ एशियन ट्रायथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप शनिबार पोखरामा हुने भएको छ।

पोखरामा ट्रायथलन र दुवाथलन गरि दुई विधा ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौडको ट्राईयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुवाथलन हुने छ।

४२ सय डलर कुल पुरस्कार रासी रहेको ट्राईयाथलनमा महिला/पुरुष उपाधि बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३० डलर प्राप्त गर्नेछन्। यस्तै दोश्रो हुनेले ५२५ डलर, तेश्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन्। यस्तै महिलातर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १९ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन्। पहिलो दिन १८ गते ट्रायथलन र दोश्रो दिन १९ गते दुवाथलनको प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका लागि नेपाली खेलाडीहरु पोखरा पुगिसकेका छन् भने प्रतियोगिता तयारीका लागि केहि प्राविधिकहरु पोखरा पुगिसकेका छन् ।

प्रतियोगिताको अफिसियल होटलमा माउन्ट कैलाश रिसोर्ट, लेकसाईड –६, पोखरा, सेक्रेटरियट होटल ग्लोरी गार्डन, लेकसाईड पोखरा र ट्राभल पार्टनरमा फेयर वे ट्राभल रहेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell