PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

सलमान र शाहरुख एकसाथ फिल्ममा, २०२४ को जनवरीबाट सुटिङ सुरु हुने!



पहिलोपोस्ट

सलमान र शाहरुख एकसाथ फिल्ममा, २०२४ को जनवरीबाट सुटिङ सुरु हुने!

आदित्य चोपडले यशराज फिल्मस् मार्फत फिल्म ‘टाइगर भर्सेस पठान’ बनाउने भएका छन्।  फिल्ममा बलिउडका ठूला स्टारहरु सलमान खान र शाहरुख खानको मुख्य भूमिका रहने भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

फिल्मको छायाङ्कन जनवरी २०२४ बाट सुरु हुने बताइएको छ। तर, निर्माण टिमले भने यस 'प्रोजेक्ट'को बारेमा कुनै औपचारिक घोषणा गरेको छैन।

‘यश राज फिल्म्सले अहिले नै कुरा गरिरहेको छैन किनभने तिनीहरूसँग यसलाई व्यापक रूपमा घोषणा गर्ने ठूलो योजना छ। तर, टाइगर भर्सेस पठानको धेरै कामहरु सुरु भइसकेको छ। आदित्य चोपडाले सबै विवरणहरू लुकाइरहेका छन् किनभने यो उनको ठूलो बलिउड फिल्म हो। बलिउडका ठूला सुपस्टारहरु सलमान र शाहरुखलाई एउटै फिल्ममा हरेक चोटि ल्याउन पनि सकिँदैन,’ बलिउड हंगामामा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell