PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

वाणिज्यदूतलाई राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय हितलाई ध्यानमा राखी काम गर्नु  



पहिलोपोस्ट

वाणिज्यदूतलाई राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय हितलाई ध्यानमा राखी काम गर्नु  

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग आग्रह गरेका छन्। विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग बुधवार बिहान शीतलनिवासमा भएको भेटघाटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका हुन्।

वाणिज्यदूतहरुका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत आफूहरुले प्रभावकारी ढंगले काम गर्दै आएको बताए। दूतहरुले राष्ट्रपति पदमा निर्वाचित भएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell