PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

राप्रपा अध्यक्ष लिङ्देनको प्रश्न : सरकार मुठभेडतर्फ जान लागेको हो? कोसी प्रदेशबारे प्रचण्डको जवाफ माग



पहिलोपोस्ट

राप्रपा अध्यक्ष लिङ्देनको प्रश्न : सरकार मुठभेडतर्फ जान लागेको हो? कोसी प्रदेशबारे प्रचण्डको जवाफ माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सत्तापक्षीय कार्याकर्ताले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभामा बुधवार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गणतन्त्रमा कसैलाई राजावादी हुने छुट नभएको हो भनी प्रश्नसमेत गरे।

लिङ्देनले मिटरब्याजी आन्दोलनमा एक्यबद्धता जनाउन पुगेका शाहीलाई दुर्व्यवहार भएको उल्लेख गर्दै सरकारले मुठभेड खोजेको हो कि भनी प्रश्नसमेत गरे। 'सत्ता पक्षका कार्यकर्ताबाट हाम्रा प्रमुख सचेतकमाथि जुन व्यवहार भयो त्यसको घोर भर्त्सना गर्दछु। सरकारसँग प्रश्न गर्न चाहन्छु के सरकार मुठभेडतर्फ जान लागेको हो, के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन?' लिङ्देनले भने, 'त्यसप्रकारको दुष्प्रयासको विरोध गर्न चाहन्छु। मिटरब्याजीको समस्या समाधानमा ढिलासुस्ती नहोस्।'

लिङ्देनले कोसी प्रदेश नामाकरणमा द्वन्द्व शुरु भइसकेकोले यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफसमेत माग गरे। 'कोसी प्रदेशको भर्खर नामाकरण भएको छ। आन्दोलनलाई सरकारले अनदेखा गरिरहेको छ। द्वन्द्व विस्तारै बढिरहेको छ,' लिङ्देनले भने, 'हामीले पहिल्यै भनेको हो प्रदेश नेपाल जस्तो सानो देशको लागि आवश्यक छैन। यसले कुनै समय देशमा द्वन्द्व ल्याउन सक्छ। पूर्वमा भइरहेको आन्दोलनको बारेमा सरकारको धारणा आओस्। जातअनुसारको प्रदेशको नाम दिने भन्ने पार्टीको नेतृत्वमा सरकार छ। चाँडो धारणा आओस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell