PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नुवाकोटको म्यागङमा तामाङ राष्ट्रिय संग्रहालय बनाउन अर्जुननरसिंह केसीको माग



पहिलोपोस्ट

नुवाकोटको म्यागङमा तामाङ राष्ट्रिय संग्रहालय बनाउन अर्जुननरसिंह केसीको माग

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोटको म्यागङमा तामाङ राष्ट्रिय संग्रहालय बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको शून्य समयमा आफ्नो धारणा राख्दै केसीले उक्त माग गरेका हुन्। 

वाग्मती प्रदेशमा तामाङ जातिको बसोबास बाक्लो रहेको उल्लेख गर्दै केसीले संग्रहालय अत्यन्तै आवश्यक रहेको बताएका हुन्। 'वाग्मती प्रदेश २१ प्रतिशत तामाङ जातिको बसोवास रहेको क्षेत्र होस्। यस क्षेत्रको मध्यक्षेत्रमा पर्ने ठाउँ नुवाकोटको म्यागङमा एउटा राष्ट्रिय तामाङ संग्रहालय निर्माण होस्,' केसीले भने, 'यो अत्यन्त आवश्यक रहेको छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell