PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

ह्वाट्सएपमार्फत ठगीमा संलग्न ९ जना चिनियाँ र १० जना नेपाली पक्राउ



पहिलोपोस्ट

ह्वाट्सएपमार्फत ठगीमा संलग्न ९ जना चिनियाँ र १० जना नेपाली पक्राउ

काठमाडौं : ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

अनलाईन बिजनेसबाट ठुलो रकम फाईदा हुने भन्दै 'टेलिग्राम' मा 'अपरेशन टिचर' नामक च्यानल चलाएर कक्षा संचालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिकसहित १९ जनालाई पक्राउ गरेको हो।‍

पक्राउ पर्नेमा नेपाली नागरिकहरुमा बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा, प्रयास भण्डारी, अर्जुन श्रेष्ठ, अनिता मगर लगायत रहेका छन्।यस्तै, चिनियाँ नागरिक हुङ हुएरङ, छु फिजाङ, लान हेङवी, सि गुए यी, सि, सुआङ दी लगायत रहेका छन्।

काठमाडौंको विभिन्न स्थानमा घर भाडामा लिएर उनीहरुले ठगी धन्दा संचालन गरिरहेका थिए। उनीहरुको साथबाट प्रहरीले चार लाख नगद, ७७ थान फोन, १२ थान ल्यापटप लगायतका सामान पनि फेला पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell