काठमाडौं : मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको छ। बुधवार दुई पटक बसेको बैठकले कुन दललाई कुन मन्त्रालय दिने भन्ने विषयमा करिबकरिब टुंगो लागेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए।
मन्त्रिपरिषद्मा यसपटक जनमोर्चाबाहेक ९ दल सहभागी हुने उनको श्रेष्ठले बताए। 'मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक विषयमा सबै सहमति भइसक्यो। कसलाई कति मन्त्रालय दिने भन्ने भइसक्यो। भोलि बेलुकासम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ,' बैठकपछि श्रेष्ठले भने, '१० दलको बीचमा गर्नुपर्ने सबै काम सकिसकेको छ।'
मन्त्रालय बाँडफाँट टुंगो लागेको भए पनि कति मन्त्रालय कसले पाउने विषयमा भने श्रेष्ठले खुलाएनन्। बैठकमा सरकारका साझा न्युनतम कार्यक्रममाथि सुझावसमेत लिइएको थियो।