PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

हेटौंडा अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनःसञ्चालन



पहिलोपोस्ट

हेटौंडा अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनःसञ्चालन

हेटौंडा : वाग्मती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा आस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनः सञ्चालनमा आएको छ। बुधबार वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको उद्घाटन गरे।

साताको २ दिन बुधबार र बिहीबार मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमका सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। कार्यक्रममा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. रामचन्द्र सापकोटाले २०७६ सालबाट सुरु भएको कार्यक्रम कोभिड–१९ महामारीका कारण केही समय रोकिएर अहिले पुनः सञ्चालनमा आएको बताए। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममा नसर्ने रोगहरु क्यान्सर, सुगर, प्रेसर जस्ता ७ प्रकारका स्वास्थ्य समस्याको उपचार गरिने जानकारी दिए।

जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिए। नेपालमा हाल ६६ प्रतिशत मानिस नसर्ने रोगले ग्रसित भएको जानकारी दिँदै सचिव खड्काले अहिले सरकारले २ हजार २ सय रुपैयाँ बराबरको प्याकेजमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने र आगामी दिनमा यस्ता सेवा विस्तार एवम् सुधार गर्दै लैजाने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell