PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

बालुवाटारको बैठकमा खाजा : भुटेको मकै र मही!



पहिलोपोस्ट

बालुवाटारको बैठकमा खाजा : भुटेको मकै र मही!

काठमाडौं : सरकार विस्तारको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा खाजा के हुन्छ होला? धेरैको प्रश्न हुन सक्छ। प्रधानमन्त्री कार्यालयमा सरकारी खर्चामा विभिन्न क्याफे र क्याटरिङबाट खाजा र खाना खुवाउने चलन पहिलेबाटै हो। यसैले पनि सरकारी कार्यालयमा पार्टीको बैठक राख्नुहुन्न भनेर विरोध हुँदै आएको छ।

नेपाली कांग्रेसले पछिल्लोपटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पार्टीको बैठक सानेपास्थित पार्टी कार्यालयमै राख्ने जमर्को गरेको थियो। यद्यपि त्यो केहीसमयमात्र लागू भयो। अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन्। गठबन्धनबाट प्रधानमन्त्री बनेका उनले अहिले मन्त्रालय बाँडफाँडमा चित्त बुझाउन सकिरहेका छैनन्। यही विषय टुंगो लगाउन बालुवाटारमा म्याराथन बैठक भइरहेको छ।
बुधवारको दोस्रो बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा बाबुराम भट्टराईल बालुवाटारको खाजा सार्वजनिक गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत भुटेको मकै र मोही खाइरहेको फोटोहरु सार्वजनिक गरेका हुन्। मकै र मोही खाँदा गाउॅको बाल्यकालको याद आएको बाबुरामले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell