PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

‘कैदीको पत्र’ वैशाख १५ देखि प्रदर्शन हुने



पहिलोपोस्ट

‘कैदीको पत्र’ वैशाख १५ देखि प्रदर्शन हुने

काठमाडौं: सनमकुमार बैरागको निर्देशन रहेको फिल्म ‘कैदीको पत्र’ को प्रदर्शन मिति तय भएको छ। ‘मेरो दिलको तालमा’ बोलको गीत सार्वजनिक गर्दै आगामी वैशाख १५ गतेको रिलिज डेट तोकिएको हो।

निर्देशक बैगागले नै फिल्मको कथा तथा संवाद लेखेका हुन। फिल्ममा कुनाल बिश्व, ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसयसका साथै सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठलगायतका नेपाली तथा ब्रिटिश कलाकारहरुको अभिनय रहेको छ।

प्रेम र रोमान्सको कथामा बनेको फिल्ममा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइ देख्न पाईने निर्देशक बैरागले बताए।

फिल्मको सम्पूर्ण छायाङ्कन स्कटल्याण्डमा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell