PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



रासस

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्ने उक्त बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

यही चैत ६ गते विश्वासको मत पुनः लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दललाई सरकारमा सहभागी गराउन आज मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell