PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

वाग्मती प्रदेशमा मन्त्रालय भागबण्डाको टुंगो लगाउन कार्यदलको बैठक काठमाडौंमा जारी



पहिलोपोस्ट

वाग्मती प्रदेशमा मन्त्रालय भागबण्डाको टुंगो लगाउन कार्यदलको बैठक काठमाडौंमा जारी

हेटौंडा : वाग्मती प्रदेशमा मन्त्रालय भागबण्डाको टुंगो लगाउन आज कार्यदलको बैठक जारी छ। बैठक बिहान ९ बजे काठमाडौंको नयाँ बानेश्वरमा सुरु भएको हो।

मन्त्रालय भागबण्डाको टुंगो लगाउन प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा बसेको बैठकले कार्यदल गठन गरेको थियो। वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भागबण्डा मिलाउन कार्यदल गठन गरेका थिए।

उक्त कार्यदललाई प्रदेशको भागबन्डा मिलाउने गरि अधिकार प्रदान गरिएको छ। कार्यदलको नेतृत्व कांग्रेस वाग्मती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले गरेका छन् भने ७ सदस्यीय कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १/१ जना सदस्य रहेका छन्।

उक्त समितिमा कांग्रेसबाट चित्रकार, संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्ले र तीर्थ लामा रहेका छन् भने माओवादी केन्द्रबाट सरल सहयात्री र मुख्य सचेतक रत्नप्रसाद ढकाल रहेका छन्। त्यस्तै, समितिमा एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रराज बज्राचार्य रहेका छन्।

बैठकले सरकारमा सत्ता साझेदारी अनुसार मन्त्रालय भागबण्डा गर्ने कार्यदलका संयोजक एवं नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए।

तत्कालीन सत्ता गठबन्धन भत्किएपछि नेकपा (एमाले) र राप्रपाले सरकारको समर्थन फिर्ता लिएका थिए। राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको सत्ता समीकरण अनुसार राप्रपा र एमाले सरकारबाट बाहिरिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell