PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

ललितपुर मेयर महिला च्याम्पियनसीपको उपाधि एपीएफलाई



पहिलोपोस्ट

ललितपुर मेयर महिला च्याम्पियनसीपको उपाधि एपीएफलाई
तस्बिर: क्यान

काठमाडौँ: ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको उपाधि एपीएफ क्लबलले जितेको छ। बिहीवार सम्पन्न प्रतियोगिताको फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफले अपराजित रहेर प्रतियोगिताको उपाधि जितेको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा एपीएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय रनमा समेटियो।

त्यसअघि ब्याटिङमा उत्रिएको एपीएफका लागि कप्तान सीता राना मगर र इन्दु वर्माले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतकीय पारि खेले। सीताले अविजित ७९ रन बनाउँदा इन्दुले अविजित ५१ रन बनाइन्। त्यसअघि एपीएफकी ओपनर ज्योति पाण्डे २ रन बनाएर आउट भएकी थिइन्।

बलिङतर्फ कोशी प्रदेशकी एलिसा खडियाले १ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको कोशी प्रदेशका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन बनाउँदा लकिता राजवंशी २१ रनमा अविजित रहिन्। त्यस्तै अप्सरी बेगमले १० रन बनाउँदा स्मृति कटुवालले ८ रन बनाइन्।

बलिङतर्फ एपीएफका बिनु बुढाले सर्वाधिक २ विकेट लिँदा रेखा रावल, सोनु खड्का र नेरी थापाले समान १ विकेट लिए।

लिग चरणबाट एपीएफ शीर्ष स्थान र कोशी प्रदेश दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए। समूह चरणमा एपीएफले कोशी प्रदेशमाथि ७ विकेटको जित निकालेको थियो।

समूह चरणमा एपीएफ अपराजित रहँदै ४ खेलबाट ८ अंक जोडेको थियो भने कोशी प्रदेशले ४ खेलबाट ६ अंक जोडेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell