PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

'आदिपुरुष' को पोस्टरमा किन भइरहेको आलोचना?



पहिलोपोस्ट

'आदिपुरुष' को पोस्टरमा किन भइरहेको आलोचना?

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। रामनवमीको अवसरमा सार्वजनिक भएको पोस्टरमा प्रभाव, कृति सेनन र सनी सिंहलाई देख्न सकिन्छ।

जहाँ प्रभासलाई राम, कृतिलाई सीता र सनीलाई लक्ष्मणको गेटअपमा देख्न सकिन्छ। तर, दर्शकहरु भने कलाकारहरुको नयाँ लुक्सप्रति सन्तृष्ट छैनन्।

नयाँ पोस्टर सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। ‘मजाक चलिरहेको छ कि दिमागमा जे आउँदैछ त्यो बनाएर राखिएको छ। अर्थात् श्रीरामको अर्कै भव्य अवतार छ, उनी फिल्मबाट पूरै गायब छन्। आदिपुरुष पैसाको बर्बादी हो र यसले हिन्दूको धार्मिक भावनामा चोट मात्र पुर्‍याइरहेको छ,’ एक प्रयोगकर्ताले लेखेका छन्। रामायणमा आधारित ‘आदिपुरुष’ ५०० करोड भारु लगानीमा निर्माण भएको फिल्म हो।

त्यस्तै, अर्का प्रयोगकर्ताले यस फिल्मलाई कार्टुनको संज्ञा दिँदै हिन्दु संस्कृतिको खिल्ली उडाएको आरोप लगाएका छन्।

केही महिनाअघि ‘आदिपुरुष’ को टिजर सार्वजनिक हुँदा पनि हनुमानको लुकलाई लिएर दर्शकहरु क्रुद्ध थिए। टिजरमा हनुमानको अनुहार मुस्लिम धर्मका पात्रजस्तो देखिएको उनीहरुको आरोप थियो। साथै फिल्ममा प्रयोग गरिएको 'भिएफएक्स'को पनि आलोचना भएको थियो।

टी-सीरीज र रेट्रोफाइल्स प्रोडक्सनले बनाएको यो फिल्म थ्रिडी प्रविधिमा निर्माण भएको हो। साथै, यस फिल्मलाई बलिउडकै धेरै भीएफएक्स भएको फिल्मको रुपमा दाबी गरिएको छ। ओम राउत निर्देशित फिल्ममा प्रभास र कृतिका साथै सैफ अली खान मुख्य भुमिकामा छन्। ‘आदिपुरुष’ १६ जुनबाट रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell