PahiloPost

Feb 22, 2026 | १० फागुन २०८२

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल, कानुनी सल्लाहकारमा कुँवर



पहिलोपोस्ट

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल, कानुनी सल्लाहकारमा कुँवर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले बुधवार नेपाललाई सल्लाहकारमा नियुक्ती दिएका हुन्। यसैगरी कानुनी सल्लाहकारमा बाबुराम कुँवर नियुक्त गरेका छन्। 

कुँवर गण्डकीका प्रदेश प्रमुख भइसकेका व्यक्ति हुन्। राष्ट्रपतिका सल्लाहकार बनेका उनले राज्यमन्त्री सरहको सुविधा पाउने उल्लेख छ। मर्यादाक्रमअनुसार प्रदेश प्रमुख राज्यमन्त्रीभन्दा माथिल्लो ओहोदाको पद हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell