PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

कांग्रेस बैठकमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग



पहिलोपोस्ट

कांग्रेस बैठकमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउनुपर्ने माग उठेको छ। यसअघि कांग्रेसमा रामचन्द्र पौडेल वरिष्ठ नेता थिए। राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेल कांग्रेसबाट अलग भइसकेका छन्।

गोपालमान पार्टीमा उपसभापति भइसकेको व्यक्ति भएकोले उनलाई वरिष्ठ सदस्यको पद दिनुपर्ने माग आफूले बैठकमा उठाएको केन्द्रीय सदस्य जिपछिरिङ लामाले बताए। देउवा जेलमा हुँदा ११ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराएको उल्लेख गर्दै आफूले श्रेष्ठलाई उक्त पद दिन माग गरेको लामाको भनाई थियो। 'रामचन्द्र दाइ राष्ट्रपतिमा जानुभयो। अब गोपालमान श्रेष्ठलाई वरिष्ठ बनाउनुस् भनेको छु,' लामाले भने।

बारा २ मा कांग्रेसले आफ्नै उम्मेदवार बनाउनुपर्नेमासमेत आफूले जोड दिएको लामाको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell