PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

मन्त्रिपरिषद बिस्तार आजै, नभए भोलि : प्रचण्ड, 'एक दुई वटा मन्त्रालय मिलाउन बाँकी छ'



पहिलोपोस्ट

मन्त्रिपरिषद बिस्तार आजै, नभए भोलि : प्रचण्ड, 'एक दुई वटा मन्त्रालय मिलाउन बाँकी छ'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी भएको बताएका छन्। भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणको शिलान्यास कार्यक्रममा प्रचण्डले अब एक/दुई मन्त्रालयको भागबण्डामात्रै मिलाउन बाँकी रहेको बताए।

'यताबाट फर्केर जाने र आजै मन्त्रिपरिषद बिस्तार गरेर शपथ गराउने मेरो लक्ष्य छ। आज सकिएन भने भोलि बिहान होला। काम त हाम्रो सकिएको छ। एक दुई वटा मन्त्रालय मिलाउँन बाँकी छ अरु टुंगिएको छ,' प्रचण्डले भने। उनले सबैलाई मिलाएर अघि बढ्ने आफ्नो विशेषता नै भएको बताएका थिए।

चैत ६ मा विश्वासको मत लिए यता प्रचण्ड लगातार मन्त्रिपरिषद् बिस्तारका लागि छलफलमा छन्। तर १० दिनसम्मको सत्ता गठबन्धनको बैठकले पनि मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन। मन्त्रालयको भागबण्डामा सत्तारुढ दलभित्रै असन्तुष्टि बढ्न थालेपछि मन्त्रिपरिषद बिस्तार रोकिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell