काठमाडौं : नेपाल प्रहरीले लागूऔषध कोकिन कारोबारमा संलग्न दुई भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ। बिहीवार भारत घर भएकी दुई महिलालाई प्रहरीले लागूऔषध कोकिन ७ किलोग्रामसहित सार्वजनिक गरेको हो।
'हवाई मार्ग हुँदै नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नँया दिल्ली लान लागेको लागू औषध कोकिनसहित भारतीय नागरीक १ महिला र काठमाडौं ठमेलस्थित होटलबाट भारतीय नागरिक १ महिला सहित २ जना पक्राउ गरिएको हो,' नेपाल प्रहीका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
इन्डिगो एअरलायन्सबाट भारतको नयाँ दिल्ली उड्न लागेको विमानबाट ४५ वर्षीया भहललमीको साथबाट २.८८७ केजी कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ। उनले ल्याएको लगेज शंका लागि जाँच चार वटा लेडिज ब्यागमा फल्स बटम बनाई राखिएको उक्त कोकिन बरामद गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी विशेष सूचनाको आधारमा मंगलवार साँझ ठमेलस्थित एक होटलबाट २९ वर्षीया इस्थर लल्हलिम्पुईको साथमा रहेको सुटकेसभित्र फल्सबटम बनाई लुकाई छिपाई राखिएको अवस्थामा पाँच केजी कोकिन बरामद गरिएको प्रहरीले जनायो। पक्राउ परेकाहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।