PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

स्वर्णिम वाग्ले र रमेश खरेल रास्वपा उम्मेदवारको प्रारम्भिक सूचीमा, चितवनमा रवि एकल सिफारिस



पहिलोपोस्ट

स्वर्णिम वाग्ले र रमेश खरेल रास्वपा उम्मेदवारको प्रारम्भिक सूचीमा, चितवनमा रवि एकल सिफारिस

काठमाडौंः वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उवनिर्वाचनमा उम्मेदवार चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक सूची सार्वजनिक गरेको छ। रास्वपा दलको विधानको धारा ७१ अनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारको नाम बिहीबार सार्वजनिक गरिएको हो। 

केन्द्रीय निर्वाचन आयोग प्रमुख नारायण प्याकुरेलले प्रारम्भिक निर्वाचनमा सहभागी हुनेको नाम सार्वजनिक गरेका हुन्। 

सार्वजनिक नाम अनुसार चितवन २ मा पार्टी सभापति रवि लामिछानेको नाम एकल रुपमा सिफारिस छ। 

यस्तै, तनहुँ १ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम सार्वजनिक गरिएको छ। वाग्लेले बिहीबार मात्र कांग्रेस परित्यागको घोषणा गरेका थिए। 

यस्तै, बारा २ बाट रमेश खरेल र युवराज न्यौपानेको नाम प्रारम्भिक मतदानका लागि सार्वजनिक गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell