PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना



पहिलोपोस्ट

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना
फाइल फोटो

काठमाडौं : शुक्रवार बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ। देशका केही स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

यस्तै, आज राती पनि देशभर सामान्य बदली रहनेछ। केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell