PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

जगरनाथपुरको मेलामा कुस्तीको उल्लास



पहिलोपोस्ट

जगरनाथपुरको मेलामा कुस्तीको उल्लास

वीरगंज : वीरगंजको जगरनाथपुरमा रामनवमीको अवसरमा मेला तथा कुस्ती प्रतियोगिता आयोजना भएको छ। श्रीसिया खोलाको किनारमा रहेको काली मन्दिरको स्थानमा मेला लागेको थियो भने स्वास्थ्य चौकी जगरनाथपुर नजिकको खाली खेतमा विराट दंगल (कुस्ती) प्रतियोगिता आयोजना भएको थियो।

हरेक वर्ष रामनवमी र विजया दशमीको दिन गरि वर्षमा काली मन्दिरमा दुई पटक मेला लाग्ने गर्छ। मेला पुरानो भए पनि कुस्ती प्रतियोगिता केही वर्ष देखि आर्थिक समस्याको कारण हुन सकिरहेको थिएन। तर यसवर्ष गाउँवासीको सहयोगमा भव्य कुस्ती प्रतियोगिता आयोजन भएको मेला समितिका सदस्य भूषण पटेलले बताए।

कुस्तीको उद्घाटन वडा नं २२ का वडा अध्यक्ष द्वारिका महतोले गरेका थिए। कुस्ती प्रतियोगितामा नेपालका चर्चित पहलमान पारस थापा, भारतको पश्चिम बंगालका सैतान सिंहलगायत नेपाल र भारतका दर्जनौं पहलमानले कुस्तीमा सहभागी भएका थिए।

मधेश प्रदेशमा कुस्तीको 'क्रेज' निकै अत्यधिक हुने गरेकोले हरेक मेलामा कुस्ती आयोजना हुने गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell