PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

वाग्मती प्रदेशका आन्तरिक मामिलामन्त्री श्रेष्ठले गरे एसईई परीक्षाको अनुगमन



पहिलोपोस्ट

वाग्मती प्रदेशका आन्तरिक मामिलामन्त्री श्रेष्ठले गरे एसईई परीक्षाको अनुगमन

हेटौंडा : आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले अनुगमन गरेको छ।

हेटौंडास्थित आधुनिक राष्ट्रिय मावि र भुटनदेवी मावि परीक्षा केन्द्र पुगेर मन्त्री श्रेष्ठले विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुखद भविष्यको शुभकामना दिएका छन्।

मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्दै परीक्षा केन्द्राध्यक्षलगायत टिमलाई धन्यवाद दिएका छन्। साथै, परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन वाग्मती प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिएको कुरा पनि बताएका छन्।

त्यस्तै, मन्त्री श्रेष्ठले विशेष अवस्थाका परीक्षार्थीलाई समेत हौसला प्रदान गर्दै विद्यालयका नर्सलाई परीक्षार्थीहरुलाई कुनै पनि बेला आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा अलर्ट रहन सम्बन्धित केन्द्राध्यक्ष मार्फत निर्देशन दिएका छन्।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएको र त्यसमध्ये करिब २० प्रतिशत परीक्षार्थी वाग्मती प्रदेशमा सहभागी भएका छन। त्यस्तै, एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र वाग्मती प्रदेशमा रहेको जानकारी सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत विजय बिडारीले दिए। वाग्मती प्रदेशका १ लाख १ हजार ७३३ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र रहेको अधिकृत बिडारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell