PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

स्वर्णिमको भद्र विद्रोहलाई हल्काफुल्का रुपमा नलिउँ : बाबुराम



पहिलोपोस्ट

स्वर्णिमको भद्र विद्रोहलाई हल्काफुल्का रुपमा नलिउँ : बाबुराम

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थविद् डा स्वर्णिम वाग्लेको विद्रोहलाई हल्का रुपमा लिन नहुने टिप्पणी गरेका छन्। शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले कांग्रेस छाडेर विद्रोह गरेका स्वर्णिमको विषयमा टिप्पणी गरेका हुन्।

कांग्रेस छाडेलगत्तै स्वर्णिम राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। उनलाई रास्वपाले तनहुँ १ बाट उम्मेदवार बनाउने सूचीको पहिलो नम्बरमा राखेको छ। उनको भद्र विद्रोहलाई मतदाताले फैसला गर्ने उल्लेख गर्दै बाबुरामले लेखेका छन्, 'डा.स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने नै छन्। तर यसलाई त्यत्तिकै हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन। देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन।अतः डा.वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊॅ!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell