काठमाडौं : शेखर कोइराला समूहले नाम नदिएपछि कांग्रेसले पहिलो चरणमा चार जनाको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको छ। शेखर समूहले ३ मन्त्रालयमा दाबी गरेपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले चार जनाको नाम प्रधानमन्त्रीलाई बुझाएको हो।
कांग्रेसबाट पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशरण महत, रमेश रिजाल र सीता गुरुङ सरकारमा जाँदैछन्। खड्काले उपप्रधान तथा रक्षा, महतले अर्थ, रिजालले उद्योग र गुरुङले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
शेखर समूहबाट उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बुको नाम फाइनल भएको थियो। यद्यपि आफ्नो भागमा तीन मन्त्रालय हुनुपर्ने अडानै कायम राखेपछि एनपी साउद र मोहन बस्नेत पहिलो चरणमा सरकारमा सहभागी हुन नपाउने भएका छन्।