PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

अर्पण थापाको मुख्य भूमिकामा फिल्म 'चित्रा' बन्ने घोषणा



पहिलोपोस्ट

अर्पण थापाको मुख्य भूमिकामा फिल्म 'चित्रा' बन्ने घोषणा

काठमाडौं : घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ निर्माण हुने घोषणा भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच निर्माणको घोषणासँगै कलाकारहरु सार्वजनिक गरिएको हो।

फिल्ममा अभिनेता अर्पण थापा र सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ। पारिवारिक कथामा निर्माण हुने फिल्मको छायाङ्कन आगामी भदौबाट नेपालमा हुनेछ।

फिल्मले एक साधारण बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले बताए। लामिछानेको निर्देशनमा बनेको फिल्म ‘लन्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ।

‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुति रहने फिल्म सन्तोष धिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ। भावना पन्तको लगानी रहने फिल्मको कथा अजय अधिकारीले लेखेका हुन्। त्यस्तै, मनिष गौतमले फिल्मको पटकथा तथा संवाद लेखिरहेका छन्।

‘डलर एयुडी’ फिल्मको निर्माण घोषणा गरेका अधिकारीको ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell