PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

एसईई : किरियापुत्रीदेखि ६० वर्षमाथिका विद्यार्थी परीक्षामा सहभागी



पहिलोपोस्ट

एसईई : किरियापुत्रीदेखि ६० वर्षमाथिका विद्यार्थी परीक्षामा सहभागी
नवलपरासीको जनता माविमा अध्ययनरत रामबहादुर थारु एसईई परीक्षामा सहभागी हुँदै। फोटो : विष्णुप्रसाद गौडेल/रासस

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ। आज बिहान ८ बजे देशभर एकैसाथ पहिलो परीक्षा भएको थियो।

एसईई परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जना रहेका थिए। परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए।

आजको एसईई परीक्षामा केही फरक दृश्य पनि देखिए। परीक्षामा किरियापुत्रीदेखि ज्येष्ठ नागरिक सम्म सहभागी थिए। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जनता मावि मध्यविन्दु नगरपालिका-६ मा अध्ययनरत किरियापुत्री रामबहादुर थारु शुक्रवारदेखि सुरु भएको एसईई परीक्षाअन्तर्गत कुमारवर्ती मावि मध्यविन्दु–२ को परीक्षा केन्द्रमा सहभागी भएका थिए।

भक्तपुरको आदर्श मावि परीक्षा केन्द्रमा आस्था महिला विद्यालयका ६० वर्षमाथिका महिला परीक्षार्थी र अन्य  विद्यार्थी। फोटो : रत्न श्रेष्ठ/रासस


त्यस्तै, भक्तपुरको आदर्श मावि सानो ठिमी परीक्षा केन्द्रमा शुक्रवार मध्यपुर थिमि नगरपालिका-३,गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयका ६० वर्षभन्दा माथिका महिला परीक्षार्थी पनि सहभागी भएका थिए। परीक्षामा अपाङ्गता भएका विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता थियो।

हुम्लाको सदरमुकाममा रहेको बालमन्दिर माविको परीक्षा केन्द्रमा परीक्षा दिँदै दृष्टिविहीन विद्यार्थी। फोटो : दाने बोहरा/रासस


परीक्षामा सबैभन्दा धेरै वाग्मती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका छन्। प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी भएका छन्। परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell