PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित सीता गुरुङलाई शहरी विकासको जिम्मेवारी



पहिलोपोस्ट

कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित सीता गुरुङलाई शहरी विकासको जिम्मेवारी

काठमाडौं : कांग्रेसबाट गत निर्वाचनमा प्रत्यक्षमा निर्वाचित एकमात्र महिला हुन् सीता गुरुङ। उनै गुरुङलाई कांग्रेसले पहिलो प्राथमिकतामा राखी मन्त्रिपरिषद्मा पठाएको छ। गुरुङ सहरी विकास मन्त्री बनेकी छिन्। तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएकी हुन्।

एमालेका डा विजय सुब्बालाई पराजित गर्दै गुरुङ १९ हजार सात सय दुई मतसहित भएकी थिइन्। सुब्बाले १८ हजार छ सय २३ मत पाएका थिए।

तेह्रथुमको आठराईमा जन्मिएकी गुरुङ नेविसंघको जिल्ला तहको नेतृत्वमा थिइन्। यसअघि उनी ०७४ को देउवा सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी थिइन्।

नेपाल महिला संघको जिल्ला अध्यक्ष हुँदै उनी कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।

गुरुङ १३औं महाधिवेशनबाट आदिवासी जनजाति महिलातर्फ सर्वाधिक मतसहित केन्द्रीय सदस्य बनेकी नेता हुन्।  १४ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित उनी ०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा तेह्रथुममा झिनो मतान्तरले पराजित भएकी थिइन्।

गुरुङ दुवैपटकका संविधान सभाकी सदस्य बनिसकेकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell