PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

आईपीएलको उद्घाटन खेलमा गुजरात र चेन्नइ भिड्दै : धोनीले खेल्ने सम्भावना कम, कुन-कुन कलाकारले दिँदैछन् प्रस्तुति?



पहिलोपोस्ट

आईपीएलको उद्घाटन खेलमा गुजरात र चेन्नइ भिड्दै : धोनीले खेल्ने सम्भावना कम, कुन-कुन कलाकारले दिँदैछन् प्रस्तुति?
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) आजबाट सुरु हुँदैछ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन खेलमा गुजरात टाइटन्स र चेन्नइ सुपर किंग्सबिच आज साँझ पौने ८ बजे खेल सुरु हुनेछ।

आजको खेलमा चेन्नइका स्टार खेलाडी महेन्द्रसिंह धोनीले खेल्ने सम्भावना न्युन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। खुट्टाको चोटका कारण धोनी टिमभन्दा बाहिर रहने सम्भावना रहेको जनाएको छ।

अर्कोतर्फ गुजरात टाइटन्सका खेलाडीको उच्च फर्ममा भेट भएका छन्। खासगरी शुभमन गिल करियरको उच्च लयमा छन् भने अफगानी बलर राशिद खानले पनि पछिल्लो पाकिस्तानसँगको सिरिजमा उच्च प्रदर्शन गरेका थिए। त्यस्तै राहुल तेवातियाको प्रदर्शन पनि उच्च रहँदा न्युजिल्याण्डका लेजेन्ड खेलाडी केन विलियमसन पनि छन्।

अर्कोतर्फ चेन्नइको पछिल्लो सिजन राम्रो हुन सकेको थिएन। चेन्नइको टोलीमा बेन स्टोकको प्रदर्शन महत्वपूर्ण हुन सक्छ।

आईपीएलको ओपनिङ समारोहमा रस्मिका मन्दना, तमन्न भाटिया तथा अरजित सिंहलगायतले प्रस्तुति दिने जनाइएको छ।

चेन्नइ सुपर किंग्स

महेन्द्रसिंह धोनी, डेवन कोन्वे, आकाश सिंह, मोइन अली, भगत वर्मा, दीपक चहर, तुसार देशपाण्डे, शिवम दुबे, ऋतुराज गाइक्वड, राजवर्धन हङगारगेकर, रवीन्द्र जडेजा, सिसान्द मागला, अजय मण्डल, मथीसा पथिराना, ड्वाइन प्रेटोरियस, अजिन्क्य रहाणे, शहिक राशिद, अम्बाती रायडू, मिचेल स्यान्टनर, सुब्रन्सु सेनापति, सिमरजीतसिंह, निशान्त सिद्दु, प्रशान्त सोलान्की, बेन स्टोक, महीस ठीक्सना

गुजरात टाइटन्स

हार्दिक पाण्ड्या, श्रीकर भारत, अल्जारी जोशेफ, जोस लिटल, अभिनव मनोहर, डेभिड मिलर, मोहम्मद शामी, दर्शन नालकण्डे, नूर अहमद, उर्भिल पटेल, राशिद खान, ऋद्दिमान साह, रविश्रीनिवासन साइ किसोर, साइ सुदर्शन, प्रदीप सनवाङ, विजय शंकर, मोहित शर्मा, शिवम माभी, शुभमन गिल, ओडियन स्मिथ, राहुल तेवातिया, म्याथ्यु वेड, केन विलियसमन, जयन्त यादव, यस डायल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell