PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

नवनियुक्त मन्त्रीहरुले लिए शपथ, कुन पार्टीका नेतालाई कुन मन्त्रालयको जिम्मा?



पहिलोपोस्ट

नवनियुक्त मन्त्रीहरुले लिए शपथ, कुन पार्टीका नेतालाई कुन मन्त्रालयको जिम्मा?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सत्ता गठबन्धनका तर्फबाट मन्त्रीहरु थपेका छन्। नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। 

शुक्रवार बन्त्री बन्नेहरुमा नेपाली कांग्रेसका तर्फबाट पूर्ण बहादुर खड्काले उपप्रधान तथा रक्षा, डा प्रकाशशरण महतले अर्थ, रमेश रिजालले उद्योग वाणिज्य तथा आपुर्ति र सिता गुरुङले शहरी विकास मन्त्रीको शपथ लिएका छन्।

नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठले उपप्रधान तथा गृह र शक्ति बस्नेतले  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीको शपथ लिएका छन्। माओवादीबाट रेखा शर्माको सञ्चार तथा सूचना प्रविधि र सुदन किरातीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा कायमै रहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी अमनलाल मोदीले नै पाएका छन्।

यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट  बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ लिने भएका हुन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट अकोश राईले शिक्षा, विज्ञान तथा प्रविधि, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बाट शरद सिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको शपथ लिएका छन्।

नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी छिन्। त्यसैगरी नेपाल समाजवादी पार्टी महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्।

जनमतका अब्दुल खानले भने अझै खानेपानी तथा सरसफाइ मन्त्रीबाट राजीनामा दिएका छन्। यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय अहिलेलाई खाली नै राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell