PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

‌ओलम्पिक छनोटका लागि नेपाली महिला टोलीको घोषणा



पहिलोपोस्ट

‌ओलम्पिक छनोटका लागि नेपाली महिला टोलीको घोषणा
Photo: ANFA

काठमाडौं : पेरिस ओलम्पिक २०२४ को छनोटका लागि २२ सदस्यीय नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक अनन्तराज थापाले अन्जिला तोम्बाफोको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेका हुन्।

नेपाली टोलीले चैत २२ र २५ गते भियतनामसँग दशरथ रंगशालामा खेल खेल्दैछ। खेलका लागि भियतनाम २० गते नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

नेपाली टोली फिफा वरीयतामा १०० औँ स्थानमा छ भने भियतनाम ३३ औँ स्थानमा छ। अर्थात एसियाली राष्ट्रहरुमध्ये भियतनाम शीर्ष चारमा छ। समूह 'सी' का प्यालेस्टाइन र अफगानिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले घरेलु मैदानमा भियतनामसँग दुई खेल खेल्ने भएको हो।

प्रतियोगिताको ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्स प्राइभेट लिमिटेड मार्केटिङ र ब्रोडकास्टिङको अधिकार पाएको एन्फाले जनाएको छ।

प्रतियोगिताको अनुमानित लागत ४३ लाख रहेको छ। खेलहरुका लागि टिकट दर भीआईपीतर्फ एक हजार र साधारणतर्फ ३ सय रुपैयाँ तोकिएको छ।

नेपाली टोली

गोलकिपर : अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना, सिर्जना चेम्जोङ

मिडफिल्डर : रेणुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अनिता केसी

फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell