PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

मन्त्री नपाएपछि प्रभु साह रुष्ट : प्रचण्डले धोका दिए



पहिलोपोस्ट

मन्त्री नपाएपछि प्रभु साह रुष्ट : प्रचण्डले धोका दिए
फाइल फोटो

काठमाडौं : मन्त्रिपरिषद् विस्तारमा आम जनता पार्टीका प्रभु साह पनि पर्ने चर्चा थियो। तर शुक्रवारको मन्त्रिपरिषद् विस्तारमा उनको नाम अटेन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारमा नअटाएपछि साह रुष्ट बनेका छन्। स्वतन्त्रबाट निर्वाचन लडेर चुनाव जितेका साहले हालै आम जनता पार्टीसमेत स्थापना गरेका छन्।

उक्त पार्टीका प्रवक्ता चन्द्र भुषण साहले प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीलाई धोका दिएर अपमान गरेको जनाएको छ। आजपा प्रवक्ता चन्द्र भूषण साहले सरकार विस्तारको विषयमा सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्ड आफैले आजपालाई एक मन्त्रालयमा सहभागी गराउने भनी प्रस्ताव ल्याई निर्णय गरेर प्रचार समेत गरेको र उक्त निर्णय उल्ट्याएर आफ्नो पार्टीको अपमान गरेको आरोप लगाए। 

'गठबन्धनको बैठकमा स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रालय बाँडफाँडको सन्दर्भमा आम जनता पार्टीको लागी भाग छुट्याउने प्रस्ताव गर्नू, निर्णय गर्नू र बाहिर प्रचार पनि गर्नू तर सरकार पुर्नगठन गर्दा भने आम जनता पार्टीलाई सहभागी नगराउनु हामीप्रतिको अपमानजनक धोका हो,' प्रवक्ता साहले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell