PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

लाओसविरुद्धको खेलका लागि यस्तो छ नेपालको सुरुवाती ११



पहिलोपोस्ट

लाओसविरुद्धको खेलका लागि यस्तो छ नेपालको सुरुवाती ११
फाइल फोटो

काठमाडौँ: प्रधानमन्त्री थ्री नेशन्स कपको फाइनल नेपाल र लाओस भिड्दैछन्। फाइनल खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

नेपालको सुरुवाती ११ मा अन्जन बिस्ट, पुजन उपरकोटी र नवयुग श्रेष्ठको स्थानमा दीपकराजसिंह ठकुरी, मणीकुमार लामा र मनिष डाँगीले सुरुवात गर्दैछन्।

नेपालले पहिलो खेलमा लाओसमाथि २-१ को जित निकाल्दा दोस्रो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दै हार टारेको थियो। प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित हुने एन्फाले जनाएको छ। खेलको प्रत्यक्ष प्रसारण एनटीभी प्लसले गर्नेछ।

नेपालको सुरुवाती ११

किरण कुमार लिम्बु, विकास खवास, अनन्त तामाङ, दीपकराजसिंह ठकुरी, नवीन लामा, एरिक बिस्ट, आयुस घलान, सनिस श्रेष्ठ, मनिष डाँगी, मणीकुमार लामा, रोहित चन्द ठकुरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell