PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

पदभार सम्हाल्दै गृहमन्त्री श्रेष्ठले गरे यी दुई मुख्य निर्णयहरु



पहिलोपोस्ट

पदभार सम्हाल्दै गृहमन्त्री श्रेष्ठले गरे यी दुई मुख्य निर्णयहरु

काठमाडौं : नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दुईवटा मुख्य निर्णय गरेका छन्।

प्रहरीको अनुसन्धानको क्रममा गृह मन्त्रालयबाट सुराकी नाममा खर्च गर्ने प्रणालीलाई खारेज गरेको बताएका हुन्। यसरी गरिएको निर्णय आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तावको लागि लगिने बताएका हुन्।

त्यस्तै, मिटरब्याजको समस्या समाधान गर्नको लागि कानुन केही संशोधन गर्ने गरि विधेयक पारित भइरहेकाले एउटा सर्वाधिक आयोग गठन गरेर काम कारबाही अगाडि बढाउने उनले बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा मन्त्री श्रेष्ठको जिम्मेवारी हेरफेर भएपछि आजबाट गृहको जिम्मेवारी पाएका हुन्। यसअघि उनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा अदालतले सांसद पद खारेज गरेपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै सम्हाल्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell