PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

चुरे अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले सुरु गरे आमरण अनशन



पहिलोपोस्ट

चुरे अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले सुरु गरे आमरण अनशन

जनकपुरधाम : चुरे तथा वन जङ्गल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले आमरण अनशन सुरु गरेका छन्। चुरे अभियन्ताहरुले भूमिहीन तथा सुकुम्वासीहरुको माग सम्बोधन गराउने अभिप्रायले सुरु गरेको धर्नाको ३७ दिनपछि पनि सम्बन्धित निकायले चासो नदिएपछि यादवले शुक्रवारबाट आमरण अनशन सुरु गरेका हुन्।

भूमिहीन तथा सुकुम्वासीहरु चुरे तथा वनजंगल संरक्षण अभियान अन्तर्गत रहेर जनआवाज आन्दोलन सुरु गर्दै गत फागुन ११ गतेदेखि अनिश्चितकालिन धर्नामा बस्दै आएका थिए। धर्नामा बसेको ३७औँ दिनसम्म पनि तीन वटै तहको सरकारले आफूहरुको मागप्रति चासो नलिएपछि बाध्य भएर आमरण अनशनमा बसेको चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक यादवले बताए।

आफूहरुको मागप्रति सरकार गम्भिर नरहेको भन्दै यादवले भने, ‘माग सम्बोधन गराउनका लागि प्राणको आहुति दिन तयार छु। माग सम्बोधन नभएसम्म मेरो यो आमरण अनशन जारी रहनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell