PahiloPost

Nov 14, 2025 | २९ कात्तिक २०८२

नेपाल भर्सेस लाओस : पहिलो हाफमा १-१ गोलको बराबरी



पहिलोपोस्ट

नेपाल भर्सेस लाओस : पहिलो हाफमा १-१ गोलको बराबरी

काठमाडौं : प्रधानमन्त्री थ्री नेशन्स कपको फाइनल खेलको पहिलो हाफमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका छन्।

सुरुवातबाटै प्रतिस्पर्धात्मक बनेको खेलको १७औँ मिनेटमा लाओसका फउट्टहाभोङ सानगभसलेले नेपालविरुद्ध अग्रता दिलाए। खेलको २३औँ मिनेटमा मणि लामाको क्रसमा सनिस श्रेष्ठले गरेको प्रहारको लाओसका गोलकिपर क्षेसाभातले उत्कृष्ट बचाउ गरे।

२४औँ मिनेटमा आयुस घलानले उत्कृष्ट फिनिसिङ गर्दै खेल बराबरीमा ल्याए। २८औँ मिनेटमा नवीन लामाले घलानको लागि गोल गर्ने उत्कृष्ट अवसर सिर्जना गरिदिए पनि लाओसका गोलकिपरले त्यसलाई विफल बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell