PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

चुरे अभियानका संयोजक सुनिल यादव आमरण अनशनमा



पहिलोपोस्ट

चुरे अभियानका संयोजक सुनिल यादव आमरण अनशनमा

जनकपुरधामः चुरे तथा वन जङ्गल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव आमरण अनशनमा बसेका छन्। भूमिहीन तथा सुकुम्वासीहरुको माग सम्बोधन गराउने अभिप्रायले सुरु गरेको धर्नाको ३७ दिनपछि पनि सम्बन्धित कुनै निकायले चासो नदेखाएपछि यादव शुक्रबार आमरण अनशनमा बसेका हुन्।

भूमिहीन तथा सुकुम्वासी चुरे तथा वनजंगल संरक्षण अभियान अन्तर्गत रहेर फागुन ११ गतेदेखि अनिश्चितकालीन धर्ना जारी छ। मागप्रति चासो नदेखिएको भन्दै अनशनमा बसेको संयोजक यादवले बताए।

माग सम्बोधन नभएसम्म अनशन जारी रह्ने यादवको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell