PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाललाई थ्री नेशन्स कपको उपाधि, लाओस २-१ गोलअन्तरले पराजित



मुकुन्द घिमिरे

नेपाललाई थ्री नेशन्स कपको उपाधि, लाओस २-१ गोलअन्तरले पराजित

काठमाडौं: प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि नेपालले जितेको छ।  लाओसलाई २-१ गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

प्रतिस्पर्धात्मक खेलको १७औँ मिनेटमा लाओसका फउट्टहाभोङ सानगभसलेले नेपालविरुद्ध अग्रता दिलाएका थिए। खेलको २३औँ मिनेटमा मणि लामाको क्रसमा सनिस श्रेष्ठले गरेको प्रहारको लाओसका गोलकिपर क्षेसाभातले उत्कृष्ट बचाउ गरे।

२४औँ मिनेटमा आयुस घलानले उत्कृष्ट फिनिसिङ गर्दै खेल बराबरीमा ल्याए।

नेपालका लागि ८७औँ मिनेटमा मनीष डाँगीले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए। मनीषको गोल नै नेपालको जितका लागि निर्णायक बनेको थियो।

खेलको इन्ज्युरी समयमा खेल तनावपूर्ण अवस्थामा पनि पुगेको थियो। लाओसका गोलकिपर र नवीन लामाबीच नोकझोक चलिरहँदा अनन्त तामाङ र सनिस श्रेष्ठ पनि मिसिँदा अवस्था तनावपूर्ण बनेको थियो। प्यारापिटबाट समर्थकहरुले पानीको बोतल प्रहार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell